चीनको राष्ट्रिय पुरुष फुटबल टोलीका पूर्व प्रशिक्षकलाई घुस लिएको अभियोगमा २० वर्षको जेल सजाय सुनाइएको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाइ बयानका लागि सरकारी वकिलकाे कार्यालय लगिएकाे छ ।
यार्सागुम्बाट उत्पादित भन्दै नक्कली औषधीजन्य सामग्री बेचबिखन गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पोखराबाट काठमाडौं ल्याइएको छ।
विद्युतीय कारोबार मुद्दामा पक्राउ परेका दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर क्राइमसहित तीन वटा कसुरमा मुद्दा चलाउने तयारी गरको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सात सय ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् ।
कर्तव्य ज्यान मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी भोजपुर साविक युँ गाविस-५ ठेगाना भएका गजेन्द्र वान्तवा राई पक्राउ परेका छन् ।
जिल्ला अदालत बागलुङले सहकारीको बचत ठगी आरोपमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
साइबर अपराधमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
.. ..