दुर्गा प्रसाईलाई तीन कसुरमा मुद्दा चलाउने तयारी
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर क्राइमसहित तीन वटा कसुरमा मुद्दा चलाउने तयारी गरको छ ।
प्रसाईँविरुद्ध साइबर क्राइम, कागजात कीर्ते र मानहानीको कसुरमा अनुसन्धान गरिने र सोही बमोजिम मुद्दा चलाइने सिआईबीको तयारी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा ३२ अर्ब नेपाली रुपैया लगानी गरेको दाबी गर्दै प्रसाईले सोमबार एक भिडियो सार्वजनिक गरेका थिए । सो भिडियोमा प्रयोग गरिएको सामाग्री नक्कली रहेको दाबी गरिएको छ । प्रसाईसँगै फेक भिडियो बनाउने अन्यलाई पनि कानुनी कारबाहीको दायरामा ल्याइने सीआईबीले बताएको छ ।
सीआईबीको टोलीले प्रसाईँलाई मंगलबार उनकै निवास भक्तपुरबाट पक्राउ गरेको थियो । उनलाई आजै काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि पेश गरिने भएको छ ।
प्रसाई यसअघि गत असोज ६ गते पनि पक्राउ गरेका थिए । विभिन्न व्यक्तिहरूलाई आरोपित गरेर आपत्तिजनक अभिव्यक्ति दिएको उजुरीको आधारमा प्रसाईं त्यतिबेला पक्राउ परेका थिए । उनी त्यति बेला ९ दिन हिरासत बसेर एक लाख धरौटीमा रिहा भएका थिए ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.