दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

शुक्रबार, ५ पुष २०८१, ६:२४ PM
post-image

काठमाडौं, ५ पुस । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले दोस्रो पटक दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा उनको पक्षमा निर्णय गरेको हो। 

प्रसाईंले साइबर अपराधसम्बन्धी मुद्दामा धरौटी तिरेर रिहा भए पनि प्रहरीले पुनः पक्राउ गरी अनावश्यक दुःख दिएको गुनासो गरेका थिए। सर्वोच्चले उक्त गुनासोमा सुनुवाइ गर्दै साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो। 

प्रसाईंलाई यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रम फैलाएको र व्यापारीलाई धम्क्याएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। अदालतको पछिल्लो आदेशपछि उनी अब रिहा हुनेछन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}