राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछानेलाई आज म्याद थपका लागि कास्की जिल्ला अदालत उपस्थित गराइने भएको छ ।
अमेरिकी राष्ट्रपतीय निर्वाचनको पछिल्लो सर्वेक्षण अनुसार कमला ह्यारिसले ट्रम्पमाथि थोरै अग्रता कायम राखेकी छन् ।
काठमाडौँ महानगरले साफ महिला च्याम्पियनसिपको आज हुने नेपाल र बंगलादेशबीचको फाइनल खेल देखाउने व्यवस्था गरेको छ ।
माओवादी लडाकू शिविरमा भएको घोटालाबारे छानविन गर्न माग गर्दै अख्तियारमा उजुरी परेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र अराजकता तथा साम्प्रदायिक विद्वेष मच्याउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने स्पष्ट गरेका छन् ।
प्रहरीले बालुवाटारमा प्रदर्शन शुरु गर्ने तयारी गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्तालाई पक्राउ गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल उद्योग तथा व्यवसायी महासङ्घले मुलुकको अर्थतन्त्र सुधारका सम्बन्धमा निजी क्षेत्रका साझा सवाल’ समेटेर ४० पृष्ठे अवधारणापत्र बुझाएको छ ।
‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारासहित आजदेखि काठमाडौंमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ‘ग्लोबल’ सम्मेलन हुँदैछ ।
राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दैछ ।
नेकपा (माओवादी केन्द्र) ले आज काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा गर्ने भएको छ ।
.. ..