डेटा हबको समस्या समाधान भएको नेप्सेको जानकारी, नियमित समयअनुसार बिहान ११ बजेदेखि कारोबार खुल्ने
९२ मध्ये ७२ ब्रोकरको प्रणाली राखिएको डाटा सेन्टर प्रभावित भएपछि कारोबार रोकियो; सेबोनले पाँच सदस्यीय टोली गठन गर्दै नेप्सेसँग सात दिनभित्र प्रतिवेदन माग्यो
अध्यक्षका लागि तीन जनाको नाम सिफारिस मन्त्रिपरिषदमा पुगिसके पनि सरकारले अहिलेसम्म नियुक्ति गर्न सकेको छैन।
नेपाल धितोपत्र बोर्ड (सेबोन) को आईपीओ पाइपलाइनमा विभिन्न क्षेत्रका ६ नयाँ कम्पनी थपिएका छन्, जसले कुल रु. २ अर्ब ७८ करोड ३४ लाख ५३ हजार १ सय बराबरको २ करोड ७८ लाख ३४ हजार ५ सय ३१ कित्ता सेयर निष्कासनका लागि आवेदन दिएका छन्।
नेपाल पूँजी बजार लगानीकर्ता संघले आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि सेबोनलाई लाभकरलाई लाई अन्तिम कर बनाउने माग सहित ७ बुँदे नीतिगत सुझाव बुझाएको छ।
नेपालमा अनलाइन मार्फत कारोबार र ब्रोकर खाता खोल्न मिल्ने सुविधा रहे पनि बन्द गर्न ब्रोकरको कार्यालय धाउनुपर्ने झन्झट छ। सेबनका सहायक निर्देशक अशोक बिष्टका अनुसार अब TMS-लिङ्क इमेलमार्फत पनि ब्रोकर खाता बन्द गराउन सकिने भएको छ।
स्थानीयका लागि आवेदन अवधि असार १३ गतेसम्म र आवश्यक परे असार २८ गतेसम्म कायम रहनेछ। वैदेशिक श्रमिकका लागि भने असार १३ गते आइपीओ बन्द हुनेछ।
डिम्याट खातामा पर्याप्त शेयर हुँदा हुँदै अड लटमा कारोबार गर्न नपाइने व्यवस्था भए पनि निर्बाध रूपमा कारोबार हुने गरेको पाइएको छ।
तपाईंले TMS बाट शेयर खरिद बिक्री गर्ने पेजमा अर्डर टाइप (Order Type) मा MKT भन्ने अप्सन हुन्छ, ख्याल गर्नु भएको छ?
NEPSE closes at 1993.42 with 5.05 (0.25%) points loss, with turnover of 86 Crore. 89 stocks advanced, 166 declined, 23 neutral and 2 positive circuits.