उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट
काठमाडौं, ३१ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसित चिनियाँ लगानीकर्ताले आज भेट गरेका छन्।
मन्त्रालयमा भएको भेटमा उनले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीमैत्री वातावरण रहेकाले उद्योग तथा व्यवसाय खोल्न आग्रह गरे। मन्त्री भण्डारीले भने, 'तपाईंहरू लगानी गर्नुस, सरकार लगानीको वातावरण बनाउन तयार छ, केही कानुनी जटिलता हटाएका छौँ, फेरी पनि कुनै समस्या भए सरकारले सहज वातावरण बनाउँछ।'
नेपालमा लगानी गर्ने उत्साहका साथ आएको चिनियाँ उद्योगी तथा व्यवसायीको टोलीसँग उनले चिनियाँ पूँजी र प्रविधि भित्र्याउन सरकार आतुर रहेको बताए।
नेपालमा विदेशी लगानीको वातावरण बन्दै गएको उल्लेख गर्दै मन्त्री भण्डारीले नेपाल र चीनबचिको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास गरे। उनले भने, 'तपाइँहरु लगानी गर्ने मनसायले आउनुभएको छ, यसले हामीलाई पनि उत्साहित बनाएको छ, लगानी भित्रिएपछि झन उत्साहित बनाउँछ, चाँडै लगानीको पर्खाइमा हामी छौँ।'
सो क्रममा वाणिज्य सचिव दिनेशकुमार घिमिरेले नेपाल र चीनबीचको सदियोदेखिको व्यापार सम्बन्ध रहेको उल्लेख गर्दै नेपालमा लगानी गर्ने मनसायले आएकामा चिनियाँ टोलीसित खुसी व्यक्त गरे।
उनले भने, 'सरकारले नेपालमा लगानीका लागि नीतिगत सुधार गर्दै लगेको छ, नेपालमा खानी, उर्जा, पर्यटनलगायतका क्षेत्रमा प्रशस्त सम्भावना छ, लगानी गर्नुस्, लगानीको सम्भावना सुनिश्चित छ।' सो चिनियाँ टोलीमा चीनका कृषि, उर्जा, पर्यटन, खानी, निर्माणसम्बन्धी कम्पनी लगायतका उद्योगी तथा व्यवसायी सहभागी रहेका थिए।

Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.