सञ्चार क्षेत्रका लागि बलियो नियामक आवश्यक- सञ्चारमन्त्री तिमिल्सिना
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रलाई व्यवस्थित, जिम्मेवार र व्यावसायिक बनाउन अधिकारसम्पन्न नियामक संयन्त्र आवश्यक रहेको बताएका छन् ।
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रलाई व्यवस्थित, जिम्मेवार र व्यावसायिक बनाउन अधिकारसम्पन्न नियामक संयन्त्र आवश्यक रहेको बताएका छन् ।
प्रदेशका सञ्चार तथा प्रेससम्बन्धी निकायका प्रमुखसँग मन्त्रालयमा भएको छलफलमा उनले सञ्चारमाध्यमको स्वतन्त्रता कायम राख्दै पत्रकार आचारसंहिता, सञ्चारमाध्यमको जिम्मेवारी र नियमनलाई प्रभावकारी बनाउन नयाँ कानुनी व्यवस्था गर्न लागिएको जानकारी दिए ।
मन्त्री तिमिल्सिनाले प्रस्तावित प्रेस काउन्सिल विधेयक र आमसञ्चार विधेयकमार्फत नियामक निकायलाई थप प्रभावकारी र कार्यान्वयनयोग्य बनाउने सरकारको उद्देश्य रहेको बताए । संसद् तथा संसदीय समितिमा पर्याप्त छलफलपछि आवश्यक परिमार्जनसहित विधेयक अघि बढ्ने उनले बताए ।
उनले संघ, प्रदेश र स्थानीय तहबीच सञ्चार क्षेत्रसँग सम्बन्धित अधिकार, जिम्मेवारी र समन्वय स्पष्ट पारिने जानकारी दिए । संघीय संरचनाअनुसार कानुन र संस्थागत व्यवस्थाबीच देखिएका समस्या नयाँ कानुनमार्फत समाधान गरिने उनको भनाइ थियो ।
छलफलमा प्रदेशका सञ्चार तथा प्रेससम्बन्धी निकायका प्रमुखहरूले सञ्चारमाध्यमको दर्ता, अभिलेखीकरण, अनुमतिपत्र तथा नियमनसम्बन्धी व्यवस्था स्पष्ट बनाउन सुझाव दिएका थिए । मन्त्री तिमिल्सिनाले सरोकारवालाबाट प्राप्त सुझावलाई आगामी कानुनी व्यवस्थामा समेट्दै सञ्चार क्षेत्रलाई थप व्यवस्थित र उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
Comments
1 comment · join the conversation
बाङ्गो मान्छे
·कारबाही गर -------------- संचार माध्यम , फेसबुक , टिकटक , युटुब जस्ता सामाजिक संजालमा नकली आईडी बनाएर १)ब्याक्तीको चरीत्र हत्त्या गर्ने २) भुज पाउन अश्लील हर्कत गर्ने ३) समाज भड्काउने ४) भ्रम फैलाउने ५) उत्तेजित बनाउने जस्ता समाचार हाल्नेलाइ बिहे हुँदै नहुने बिहे भए पनि बच्चा जन्माउन नसक्ने खालको सजाय दिनु पर्छ बाङ्गो मान्छेको सोझो माग
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.