कुमारी बैंकको बुक क्लोज मिति तय, २.१०५३% नगद लाभांश पाउन कहिलेसम्म शेयर किन्नुपर्ने?

कुमारी बैंक लिमिटेड (KBL) ले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्ताव गरेको नगद लाभांश वितरणका लागि असोज १९ गते बुक क्लोज गर्ने भएको छ।

Artha Kendra Artha Kendra
बुधबार, ७ असोज २०८३, ११:३२ AM
फन्ट
कुमारी बैंकको बुक क्लोज मिति तय, २.१०५३% नगद लाभांश पाउन कहिलेसम्म शेयर किन्नुपर्ने?

काठमाडौं । कुमारी बैंक लिमिटेड (KBL) ले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्ताव गरेको २.१०५३ प्रतिशत नगद लाभांश वितरणका लागि असोज १९ गते बुक क्लोज गर्ने भएको छ।

बैंकले २६औँ वार्षिक साधारणसभा (AGM) असोज २८ गते (अक्टोबर १४, २०२६) काठमाडौंस्थित सिल्भर ओक बैंक्वेट एन्ड इभेन्ट्समा बिहान ११ बजे बोलाएको छ।

सभामा आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण पारित गर्ने, प्रस्तावित नगद लाभांश वितरण गर्ने, लेखापरीक्षक नियुक्ति गर्ने लगायतका विभिन्न प्रस्तावमाथि छलफल गरी निर्णय गरिनेछ।

बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म शेयरधनी कायम भएका लगानीकर्ता प्रस्तावित नगद लाभांशका लागि योग्य हुनेछन्। बैंकले प्रस्ताव गरेको २.१०५३ प्रतिशत नगद लाभांशमा करसमेत समावेश रहेको जनाएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.