ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहारको गम्भीर समीक्षा हुनुपर्छ- सांसद धिताल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद क्रान्तिशिखा धितालले ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहार तथा कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने बताएकी छन्।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद क्रान्तिशिखा धितालले ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहार तथा कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने बताएकी छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद धितालले सडकमा राष्ट्रसेवक, सुरक्षाकर्मी तथा ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहार एवं कार्यशैलीको गम्भीर समीक्षा गरी आवश्यक सुधार गर्नुपर्ने बताएकी हुन्।
उनले त्रिपुरेश्वरमा भएको बसमा आगलागी र चालकको मृत्युको घटनाबारे बाहिर आएका विवादास्पद विगत वा सूचनाहरूमा थप अनुसन्धान गरी प्रहरीले सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताइन्। साथै, चालकहरूको आत्मसम्मान, इज्जत, न्यूनतम पारिश्रमिक, खानपान, आराम, लामो समयसम्म काम गर्नुपर्ने अवस्था तथा शारीरिक एवं मानसिक स्वास्थ्यको परीक्षण नहुनु संवेदनशील विषय भएको बताइन्।
उनले चालकलाई मात्र दोष थोपारेर समस्या समाधान नहुने भन्दै राज्य, सम्बन्धित निकायहरू र यातायात व्यवसायीसमेत गम्भीर हुनुपर्ने धारणा राखेकी थिइन्।
Comments
1 comment · join the conversation
anup
·kranti sikha naam bhayo bhandai ma ..krantikari hunna ..rastra sewak lai driver le j bhane pani hune niyam namane pani hune ..j man lagdo gare pani hune ..traffic le kagajat magyo bhandai ma aafno jyan linchha bhane testo mansik rogi ko lagi baru mansik aspatal dherai kholna awaj utahunus
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.