मिड सोलु हाइड्रोपावरको लाभांश घोषणा, बोनस कति र नगद कति ?

मिड सोलु हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

Artha Kendra Artha Kendra
मंगलबार, ६ असोज २०८३, १२:३४ PM
—
फन्ट
मिड सोलु हाइड्रोपावरको लाभांश घोषणा, बोनस कति र नगद कति ?

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले (MSHL)आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको २०८३ असोज ५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीले आफ्नो खुद मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको जनाएको छ।

उक्त प्रस्ताव नियामक निकाय विद्युत् नियमन आयोगको स्वीकृति तथा आर्थिक वर्ष २०८२/८३ को लागि बस्ने कम्पनीको आगामी पाँचौँ वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि शेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.