उत्कृष्ट बलिङपछि नेपाल ओमानलाई हराउदै फाइनलमा

नेपालले उत्कृष्ट बलिङ गर्दै मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानलाई ८७ रनले पराजित गर्दै फाइनलमा पुगेको छ ।

Artha Kendra Artha Kendra
बिहिबार, २५ भदौ २०८३, ५:५६ PM
फन्ट
उत्कृष्ट बलिङपछि नेपाल ओमानलाई हराउदै फाइनलमा

काठमाडौं । नेपालले उत्कृष्ट बलिङ गर्दै मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानलाई ८७ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।

नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमानले २८.१ ओभरमा अलआउट हुँदै ६० रन मात्र बनाउन सक्यो।

नेपालका लागि कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले ३–३ विकेट लिए भने ललित राजवंशी र रोहित पौडेलले २–२ विकेट लिए। त्यस्तै, ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक २५ रन बनाए भने जितेन रमानान्दीले १२ रन बनाए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा अलआउट हुँदै १४७ रन बनाएको थियो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५१ रन बनाए भने बसिर अहमदले ४७ रन बनाए। त्यस्तै, ओमानका बलर जय विराम ओडेदारा र हसनैन शाहले ३–३ तथा मुहम्मद इमरानले २ विकेट लिए।

यो जितसँगै अब नेपालले शनिबार हुने फाइनलमा यूएईको सामना गर्नेछ। प्रतियोगिता जित्ने टोलीले आगामी एसिया कप खेल्नेछ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.