बाढीमा मृत्यु भएका सुरक्षाकर्मी र कर्मचारीका परिवारलाई १० लाख दिने सरकारको निर्णय
सरकारले भोटेकोशी बाढीमा परी मृत्यु भएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीका परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीमा परी मृत्यु भएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीका परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले बाढीमा परी मृत्यु भएका सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीका परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने निर्णय भएको जानकारी दिए ।
त्यस्तै,खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको उनले बताए । उद्धारका क्रममा घाइते हुने सुरक्षाकर्मी तथा कर्मचारीको निःशुल्क उपचार गर्ने निर्णय भएको पनि पोखरेलले जानकारी दिए ।
Comments
4 comments · join the conversation
Munna Gupta
·Ani janta ko jaan kehi value xaina ra yatj sama ghatiya soch raixa hai mareka pariwar lai pani kehi sewa subidha upalabadha garaunu paryo tiniharu ko jan jiwan kasari chalxa ho sarkar yesma pani dhayan dini paryo ...........
Shankar Raj Pandey
·2083-05-10 gate Badhi pahiro ma jyan gumaune sabai janaharu ko pariwar Lai pani janahi 10 dinu paryo Sarkar
Priyadarshani Sharma
·Good initiation. Pariwar Lai aba Naya suruwat garna Ali sahaj hola .
kanchan Yuwa
·एक करोडको दरले पैसा दिए पनि अझ पैसा बच्ने आकडा देखिएको छ कसरी दसलाखमा हुन्छ?
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.