सुरुङभित्र फसेकाको उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर विषय हो- भीष्मराज आङ्देम्बे

नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय भएको टिप्पणी गरेका छन् ।

Artha Kendra Artha Kendra
बुधबार, १७ भदौ २०८३, २:३३ PM
फन्ट
सुरुङभित्र फसेकाको उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर विषय हो- भीष्मराज आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय भएको टिप्पणी गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै आङ्देम्बेले जलविद्युत आयोजनाको सुरुङमा फसेका नागरिकको उद्धारमा सरकारले ढिलाई गरेकोप्रति असन्तुष्टि व्यक्त गर्दै यसलाई अमानवीय भनेका हुन् ।

उनले भने- 'खोज तथा उद्धार अहिले सबैभन्दा बढी खड्किएको विषय छ । अझै पनि ६२ जिल्लाका ३९१६ नागरिक सम्पर्कविहीन भएको विवरण आएको छ । समयक्रममा यो अझै बढ्न सक्छ । सुरुङभित्र फसेकाको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर विषय हो ।’

उनले सुरुदेखि नै सरकारी, निजी र आवश्यक परेको खण्डमा अन्तर्राष्ट्रिय प्रविधि र दक्ष टिमसहित उद्धारमा केन्द्रित हुनुपर्नेमा सरकारले त्यसो नगरेको आरोप लगाए ।

उनले २०७२ सालको भूकम्पमा तत्कालिन सरकारले भूकम्पको १२ घण्टा भित्र नै विदेशका विशेषज्ञ उद्धार टोली नेपाल आएको स्मरण गर्दै विगतका राम्रा काम सिक्न सरकार चुकेको बताए ।

आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा अहिले सबै ठिक हुँदै गएको र सबैसँग समन्वय गरेको बताए पनि आफू फिल्डमा गएर गरेको अनुभव त्यस्तो नरहेको बताए ।

उनले स्थानीय र प्रदेशलाई समन्वय नगरेको तथा सरकार एकतर्फी रुपमा अगाडि बढेको बताउँदै जनताको दुःखमा संसदको संख्या र राजनीति गर्न नहुने बताए ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

2 comments · join the conversation

RM

Ramesh Malla

·

आफ्नो पाइन्टभरी दिशा छ अनि अरुले पादेर गन्हायो भने जस्तै भयो। यो कालो काङ्ग्रेसले आफ्नो बिगतलाई विर्सेर लाज नमानी के खालको अभिव्यक्ति दिएको हो। काठमाडौ जस्तो सुविधासम्पन्न ठाँउमा भिजिविलिटी नपुग्नेहरुले रोड नै बगाएर रोड नभएको ठाँउमा राज्यको पुरै शक्ति लगाएर उद्दार गर्दा पनि स्टन्ट

DP

Dayaram Poudyal

·

तिम्रो रमेश लेखकले गरेको चाहिँ मानबिय थियो हो कालो कांग्रेस ?