बाढीले बगाएको शवबाट सुनको मुन्द्रा चोरी गरेका दुई जना पक्राउ
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
भोटेकोशीमा आएको पहिरोसहितको बाढीले बगाएर ल्याएको शव नदी किनारमा अड्किएको अवस्थामा ती व्यक्तिहरूले मृतकको कानबाट सुनको मुन्द्रा निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा फैलिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
भिडियोका आधारमा अनुसन्धान गर्दा शवबाट सुनको मुन्द्रा चोरी गरेको आरोपमा भदौ ११ गते चितवनको भरतपुर महानगरपालिका–१, पोखरा बसपार्क नजिकबाट दुई जनालाई पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१ लीलाचोकस्थित मामाघरमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरीको चाइँबेला नगरपालिका–५ घर भई हाल भरतपुर महानगरपालिका–२ पोखरा बसपार्क सुपारीटोलमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरी रहेका छन् ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Comments
2 comments · join the conversation
Ryan
·jaat nai mongolian rahexa nii chor haru. kamaayar khanu sakdaina aru ko lootera khane jaat nai mongolian ho.
Anonymous
·Yesta haruko anuhar sabaile dekhnu parcha..aankha chopera hudaina
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.