गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबीच शिक्षण अस्पतालमा वार्ता सुरु
गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रवीन्द्रकुमार मेहताका परिवारबीच वार्ता सुरु भएको छ ।
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रवीन्द्रकुमार मेहताका परिवारबीच वार्ता सुरु भएको छ। महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा वार्ता भइरहेको हो।
साउन १० गते राति सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भई शिक्षण अस्पतालमा उपचाररत रहेका मेहताको आज उपचारकै क्रममा निधन भएको थियो।
यसअघि आजै गृहमन्त्री सुधन गुरुङले हिन्दु र मुस्लिम समुदायका नेताहरूसँग छुट्टाछुट्टै भेटघाट तथा छलफल गरेका थिए। छलफलमा पछिल्लो समय मुलुकका विभिन्न क्षेत्रमा देखिएको अवस्था, विवाद, शान्ति, सुरक्षा र आपसी सद्भावका विषयमा चर्चा भएको गृहमन्त्री गुरुङको सचिवालयले जनाएको छ।
रवीन्द्रकुमार मेहताको निधनसँगै सुनसरीमा प्रहरीको गोली लागेर ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।
यसअघि देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको घटनाकै दिन मृत्यु भएको थियो भने देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा बिहीबार दिउँसो निधन भएको थियो।
यस्तै, सुनसरी घटनापछि फैलिएको तनावका क्रममा सिरहामा पनि एक जनाको गोली लागेर ज्यान गएको थियो।
Comments
1 comment · join the conversation
Lachhiring Sherpa
·[email protected]
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.