सुनसरी घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ- बासना थापा

नेपाली काँग्रेसले सुनसरी घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ ।

Artha Kendra Artha Kendra
बिहिबार, १४ श्रावण २०८३, १२:४२ PM
फन्ट
सुनसरी घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ- बासना थापा

काठमाडौँ । नेपाली काँग्रेसले सुनसरी घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै काँग्रेस प्रमुख सचेतक बासना थापाले सुनसरी घटनामा युवाको ज्यान गएको घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताउदै घटना बारे सरकारले संसदमा जानकारी दिन माग गरेकी छन् ।

उनले यसअघि काठमाडौँको मेयर हुदा बालेन्द्र शाहले लेखेको स्ट्याटस उल्लेख गर्दै नेपाली नागरिकको मृत्युको पनि सत्ता बाहिर हुदा र सत्तामा हुदा फरक हुन्छ र भन्दै प्रश्न समेत गरेकी छन् ।

सांसद थापाले सुनसरी घटनामा सरकारको भूमिकाप्रति प्रश्न उठाउदै सरकार र खासगरी प्रधानमन्त्री संवादहिनतामा रहेको उल्लेख गरेकी छन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

1 comment · join the conversation

खक

खगेन्द्र काफ्ले

·

देशमा घटेको घटनाको जिम्मा सरकारले नलिएर कसले लिन्छ? छिमेकी देशले कि प्रतिपक्षले? सरकार जसको भएपनि आखिर जिम्मेवारी त सरकारकै हुन्छ नि हौ। यो त संविधान र लोकतन्त्रको आधारभूत कुरा हो। संसदको गरिमा बढाउने बहस अपेक्षा गरेका जनताले अझै पनि केटाकेटी स्तरका राजनीतिक संवाद सुन्नुपर्ने अवस्था दुःखद छ।