प्रधानमन्त्री शाहले निर्यातजन्य उद्योग व्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग छलफल गर्दै

प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका प्रमुख निर्यातजन्य उद्योग–व्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग छलफल गर्दै छन्।

Artha Kendra Artha Kendra
शुक्रबार, ८ श्रावण २०८३, १२:२ PM
फन्ट
प्रधानमन्त्री शाहले निर्यातजन्य उद्योग व्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका प्रमुख निर्यातजन्य उद्योग–व्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग छलफल गर्दै छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११:३० बजे हुने छलफलमा नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल गलैंचा उत्पादक तथा निर्यातकर्ता सङ्घका अध्यक्ष बलराम गुरुङ, नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछाने, कार्पेट तथा प्लाइउड निर्यातकर्ता देवानन्द सरावगी तथा नेपाल डग च्यु उत्पादक सङ्घका अध्यक्ष रेशमबहादुर पोखरेल सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्री शाहले निर्यात प्रवर्द्धनका चुनौती, नीतिगत सुधार तथा समाधानका उपायबारे उहाँहरूसँग छलफल गर्ने भएका छन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

1 comment · join the conversation

BK

Binod kumar khatiwada

·

अनि चिया र अलैंची का प्रतिनिधि लाई चै कहिले सामेल गर्ने कि ति निर्यातित बस्तु हैन्न नेपाली सिस्सो जडिबुटी खाद्यान्न का प्रतिनिधि खै ?