अर्थमन्त्री डा. वाग्लेमाथि संसदले छानबिन गर्नुपर्छ- रामकुमारी झाँक्री
नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि उठेका आरोपबारे संसदीय छानबिन हुनुपर्ने बताएकी छन्।
काठमाडौँ । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि उठेका आरोपबारे संसदीय छानबिन हुनुपर्ने बताएकी छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै झाँक्रीले अर्थमन्त्री वाग्ले विगतदेखि नै राज्यका महत्वपूर्ण निकायमा रहेर काम गरेको व्यक्ति भएकाले वर्तमान विवादमा उनको भूमिकाबारे निष्पक्ष छानबिन आवश्यक रहेको उल्लेख गरेकी छन् ।
उनले राष्ट्रिय योजना आयोगको सदस्य तथा उपाध्यक्षका रूपमा काम गरिसकेका वाग्ले राज्य प्रणालीभित्रका गतिविधिबारे जानकार रहेको भन्दै विगतमा विपक्षमा रहँदा बजेट र आर्थिक अनियमितताका विषयमा उनले उठाएका प्रश्नहरू स्मरण गर्न आग्रह गरेकी छन् ।
उनले अर्थमन्त्रीमाथि प्रश्न र आरोप उठिसकेको अवस्थामा सम्बन्धित व्यक्तिले आफैं छानबिन गराउने नभई संसद् वा संसद्ले गठन गरेको समितिमार्फत स्वतन्त्र र निष्पक्ष अनुसन्धान हुनुपर्ने धारणा व्यक्त गरेकी छन् ।
उनले भनेकी छन्- 'तपाईंमाथि आरोप लागेको छ, तपाईंमाथि नै प्रश्न उठेको छ। त्यसैले तपाईंमाथि छानबिन हुनुपर्छ। तर त्यो छानबिन तपाईंले गराउने होइन, संसद् वा संसद्ले बनाएको समितिले गर्नुपर्छ ।'
झाँक्रीले अरू व्यक्तिले गरेको आर्थिक अनियमितता वा संगठित अपराधलाई गम्भीर रूपमा हेरिने तर अर्थमन्त्रीकै हैसियतमा भएका भनिएका गतिविधिलाई ‘नयाँ अभ्यास’ वा ‘यस्तै हुँदै आएको हो’ भन्दै बेवास्ता गर्न नमिल्ने बताएकी छन् ।
Comments
1 comment · join the conversation
Narayan Kunwar
·Yasta pataki ko kura lutera chor fataha sadhy bachaune jo chor tysko thulo swor.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.