आजै शपथको तयारी: महावीर पुन विज्ञान, प्रविधि मन्त्री, सुदन गुरुङ पुनः गृहमन्त्री
प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् विस्तारको तयारी गर्दै स्वतन्त्र सांसद महावीर पुन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुदन गुरुङलाई मन्त्री नियुक्त गर्ने भएका छन्।
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् विस्तारको तयारी गर्दै स्वतन्त्र सांसद महावीर पुन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुदन गुरुङलाई मन्त्री नियुक्त गर्ने भएका छन्।
स्रोतका अनुसार म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा नियुक्तिका लागि सिफारिस गरिएको छ। उनको शपथ आजै हुने तयारी रहेको बताइएको छ। यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्री रहेका पुनले पदबाट राजीनामा दिएपछि स्वतन्त्र रूपमा निर्वाचन लडेका थिए।
त्यस्तै, रास्वपाका सांसद सुदन गुरुङ पुनः गृहमन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री शाहले उनलाई आजै गृहमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन् भने उनको पनि शपथ आजै हुने जनाइएको छ।
गुरुङले आफ्नो सम्पत्तिसम्बन्धी विवादबारे चौतर्फी प्रश्न उठेपछि गत वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। मन्त्री हुँदा तथा त्यसपछिका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न सरकारले गठन गरेको समितिले उनलाई दोषी नदेखाएपछि उनी पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्किन लागेका हुन्।
दुवै नेताको नियुक्तिसँगै सरकारले मन्त्रिपरिषद्लाई थप पूर्णता दिने अपेक्षा गरिएको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.