अब ८% नेप्से परिसूच बढे वा घटे बजार दिनभर बन्द: भोलिबाट नेप्सेको नयाँ नियम लागू

आइतबार, ६ बैशाख २०८३, १:११ PM
post-image

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले धितोपत्र कारोबार सञ्चालनसम्बन्धी नियमावलीमा चौथो संशोधन गर्दै “धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२” लागू गर्ने भएको छ।

नेप्सेको मिति २०८३/०१/०३ गते बसेको सञ्चालक समिति बैठकले उक्त नियमावलीलाई मिति २०८३/०१/०७ (बैशाख ७ गते) देखि लागू गर्ने निर्णय गरेको हो, अर्थात् भोलिबाट लागू हुने भएको छ।

मुख्य संशोधनहरू:

१. कारोबार समयअघि/पछि अर्डर व्यवस्थापन:

अब ब्रोकरहरूले कारोबार समयभन्दा अगाडि वा पछाडि प्राप्त अर्डरहरूलाई समय प्राथमिकताका आधारमा राख्नुपर्नेछ। यस्ता अर्डरहरू कारोबार सुरु हुनासाथ प्रणालीमा प्रविष्ट गर्नुपर्नेछ। तर, अर्डरहरू प्रविष्टि गर्दा पछिल्लो कारोवार दिनको अन्तिम कारोवार मुल्यको प्रन्ध प्रतिशत भन्दा घटी वा बढी नहुने गरी मात्र प्रविष्टि गर्नुपर्नेछ

२. मूल्य सीमा  परिवर्तन:

  • प्रारम्भिक (ओपनिङ) सेसन: अघिल्लो दिनको अन्तिम मूल्यको ±५% भित्र मात्र अर्डर राख्न पाइनेछ

  • यस सेसनमा कारोबार नभएका अर्डरहरू निरन्तर (रेगुलर) सेसनमा सारिनेछन्

  • निरन्तर कारोबार सेसन: प्रारम्भिक सेसनमा कायम भएको मूल्यको ±३% भित्र मात्र अर्डर राख्न पाइनेछ

३. नेप्से परिसूचकमा सर्किट ब्रेकर व्यवस्था:

  • निरन्तर कारोबार सुरु भएको २ घण्टाभित्र ±५% परिवर्तन भएमा: ५ मिनेटका लागि कारोबार स्थगित हुनेछ ।

  • त्यसपछि कुनै पनि समयमा ±८% परिवर्तन भएमा: सो दिनको कारोबार पूर्ण रूपमा बन्द हुनेछ ।

    अवस्था परिवर्तन सीमा प्रभाव
    निरन्तर कारोबार सुरु भएको २ घण्टाभित्र ±५% ५ मिनेटका लागि कारोबार स्थगित
    त्यसपछि कुनै पनि समयमा ±८% सो दिनको कारोबार पूर्ण रूपमा बन्द
यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}