प्रतिनिधिसभामा आज पनि रास्वपाको नाराबाजी, बैठक स्थगित
३ असार, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नाराबाजी जारी राखेका छन्।
बैठक सुरु भएलगत्तै रास्वपाकी सांसद चन्दा कार्कीलाई बोल्न अवसर दिइएको थियो। उनले भिजिट भिसासम्बन्धी प्रकरणमा सरकार चुप लागेर बसेको आरोप लगाउँदै त्यसबारे स्पष्ट जवाफ माग गरिन्।
कार्कीले यो प्रकरण ०६४ सालदेखि चल्दै आएको गम्भीर विकृति भएको दाबी गर्दै उच्चस्तरीय छानबिन समितिको माग राखिन्।
उनको भनाइपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिए। बोल्ने क्रममा श्याम घिमिरेले रास्वपाका सांसदहरूले लगाएको निलो रिबन संसदको कार्यसञ्चालन नियमावली विपरीत भएको भन्दै आपत्ति जनाए। साथै, उनले सभामुखलाई ती सांसदहरूलाई संसद कक्षबाट बाहिर पठाउन आग्रहसमेत गरे।
श्याम घिमिरेको मन्तव्यपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गर्ने घोषणा गरेका छन्।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.