कलंकीस्थित स्कुलभित्र भ्यान दुर्घटना : नौ वर्षीया एक विद्यार्थीको मृत्यु
काठमाण्डौ, असार २ / काठमाडौंको कलंकीस्थित स्कुलभित्र एउटा भ्यान दुर्घटना भएको छ । भ्यानको ठक्करबाट नौ वर्षीया एक विद्यार्थीको मृत्यु भएको छ । पाँच विद्यार्थी घाइते छन् । डीआईएफवाई स्कुलभित्र पोलमा ठोक्किएर ईभी भ्यान दुर्घटनामा भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
स्कुलकै भ्यान दुर्घटनामा एक शिक्षक र चालक समेत घाइते छन् । दुर्घटनामा परेर घाइते भएकी सर्लाहीकी सोनाक्षी यादवको उपचारका क्रममा कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ । कंलकीकै नेपाल नेसनल अस्पतालमा उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.