काठमाडौं महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्धा दायर

बुधबार, २८ जेठ २०८२, ६:४२ PM
post-image

काठमाडौं, २८ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत (हाल महानिर्देशक, सूचना तथा प्रसारण बिभाग) प्रदीप परियारसमेत ७ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको छ ।

अख्तियारले काठमाडौं महानगरको सामाखुसी कोरिडोर अन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा भ्रष्टाचार गरेको आरोपमा काठमाडौं महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारसहित महानगरका निर्देशक रबीनमान श्रेष्ठ, निर्देशक शिवराज अधिकारी, निर्देशक वसन्त आचार्य, निर्देशक नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल र इन्जिनियर जनार्दन गिरीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको हो ।

अख्तियारले ढल निर्माण कार्यको ठेक्कामा ४ करोड ३१ लाख ७२ हजार नोक्सानी पुर्याएको भन्दै सोहि बराबर बिगो तोकेर मुद्धा दायर भएको जानकारी दिएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}