'समाचार डिलिट गर्न' दिइएको अदालतको आदेशप्रति पत्रकार महासंघको आपत्ति
काठमाडौं, २३ । नेपाल पत्रकार महासंघले जिल्ला अदालत काठमाडौंको आदेश प्रति आपत्ति जनाएको छ ।
नेपालखबर डटकम र बिजमान्डु डटकम अनलाइनमा प्रकाशित समाचारलाई हटाउन सो अदालतले दिएको आदेश प्रेस स्वतन्त्रता र संविधानको मर्मविपरीत भएकोसमेत जनाएको छ ।
अदालतले समाचार हटाउन दिएको अल्पकालीन अन्तरिम आदेशप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले गत मंगलबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दर्ता गरेको रिट निवेदन उपर सुनुवाइ गर्दै दिएको आदेशमा महासंघले संविधानविपरीत भएकोसमेत उल्लेख गर्दै महासंघले सञ्चारमाध्यममा प्रकाशित–प्रसारित समाचारका विषयमा चित्त नबुझेमा पीडितको उजुरी लिने र त्यसविरुद्ध कारबाही गर्ने प्रेस काउन्सिल नेपालको क्षेत्राधिकार भएको उल्लेख गर्दै अदालतले क्षेत्राधिकारलाई नजरअन्दाज गर्दै आदेश गरेको महासंघको आरोप छ।
महासंघले अदालतलाई उक्त आदेशबारे पुनर्विचार गर्न आग्रह पनि गरेको छ ।

Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.