तीनकुने घटनामा गोली लागि घाइते रेविकालाई पोर्चुगलबाट आर्थिक सहयोग

बुधबार, २८ जेठ २०८२, १:४६ PM
post-image

काठमाडौं, २८ जेठ ।  तीनकुने घटनामा गोली लागेर घाइते भएकी रेविका खत्रीलाई पोर्चुगलबाट प्राप्त सहयोग रकम संयुक्त जनआन्दोलन समितिले हस्तान्तरण गरेको छ ।संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, निर्देशक समितिका सदस्यहरु डा प्रकाश चन्द्र लोहनी र हरी बहादुर बस्नेतले रमेस राज वास्तोलाको संयाजनमा लिजवन, पोर्तुगलबाट उपलब्ध सहयोग बुधबार हस्तान्तरण गरेका हुन् ।सुवेदी लगायतको टोलीले महाराजगंजस्थित शिक्षण अस्पताल पुगी आठ लाख उन्चालीस हजार चार सय रूपैयाँ हस्तान्तरण गरे । खत्रीको शिघ्र स्वास्थ्य लाभको कामना सहित उक्त सहयोग पोर्तुगलमा बसोबास गर्ने नेपालीहरुबाट उपलब्ध भएको हो ।टोलीमा राप्रपाका प्रवक्ता सगुन सुन्दर लावती, जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाल, राप्रपाका केन्द्रीय सदस्य धनसुर शाही लगायत उपस्थित थिए । शिक्षण अस्पतालमा खत्रीको उपचार जारी छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}