महावीर पुनको आक्रोश : "झ्यापझ्याप बत्ती जाँदा जनआन्दोलन नै अन्तिम उपाय"

बुधबार, ७ जेठ २०८२, ३:१५ PM
post-image

काठमाडौं, ७ बैशाख । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले ऊर्जामन्त्री दीपक खड्काको राजीनामा माग गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै मन्त्री खड्काको असक्षमताका कारण देशमा दिउँसै अध्यारो हुने अवस्था आएको आरोप लगाए। 

पुनका अनुसार बीरगञ्जको कृषि औजार कारखाना र राष्ट्रिय आविष्कार केन्द्र किर्तिपुरमा झ्याप झ्याप बत्ती जाने समस्या यति गम्भीर छ कि दाजुभाइ तथा दिदीबहिनीहरूले ठीकसँग काम गर्नसमेत पाएका छैनन्।

अहिले 15 KVA र 30 KVA क्षमताका डिजेल जेनेरेटर चलाएर काम गर्नुपरेको उनले बताए। यस्तो अवस्था हुँदा पनि मन्त्रीको माया लाग्ने होइन, बरु रीस उठ्छ भन्दै उनले आक्रोश पोखेका छन्।

साथै, कांग्रेस र एमालेबाट मन्त्री हटाइने कुनै सम्भावना नरहेको भन्दै उनले अब जनआन्दोलनमार्फत मन्त्री हटाउनु पर्ने आवश्यकता रहेको बताएका छन्।

पुनले यदि ऊर्जामन्त्री तत्काल नहटाइए देश गम्भीर संकटमा पर्ने चेतावनी दिँदै जनआन्दोलनलाई अन्तिम उपायको रूपमा प्रस्तुत गरेका छन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}