‘हेर्दाहेर्दै’मा रहेको रवि लामिछानेको निवेदनमा आज सुनुवाइ, आदेश आजै आउन सक्ने

बुधबार, ७ जेठ २०८२, १०:२९ AM
post-image

काठमाडौं, ७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीको बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दामा आज पुनः सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा मंगलबारदेखि सुरु भएको सुनुवाइ बहस नसकिएकै कारण ‘हेर्दाहेर्दै’मा राखिएको थियो।

मंगलबार लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त, रमण श्रेष्ठ, सुरेन्द्र थापा, मेघराज पोखरेल, बद्रि राउत, केदार दाहाल, डा. नारायणदत्त कंडेल, दिपेन्द्र झा, सुदिग्य पन्त र विवेक राउतसहित १० जना कानुन व्यवसायीले विस्तृत बहस गरेका थिए।

आजको सुनुवाइमा पुनः लामिछाने पक्षका केही अधिवक्ताहरूले बहस जारी राख्नेछन्। त्यसपछि पूर्व डिआइजी छविलाल जोशीका कानुन व्यवसायी तथा सरकारी वकिलले आफ्नो पक्ष राख्ने कार्यसूची छ।

दुवै मुद्दा लामिछाने संलग्न भनिएको सहकारी प्रकरणसँग सम्बन्धित छन्। सर्वोच्च अदालतले यदि आज सुनुवाइ सम्पन्न भयो भने आदेश पनि आजै आउन सक्ने छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}