रविको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा

मंगलबार, ६ जेठ २०८२, ५:४ PM
post-image

काठमाडौं, ६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको मुद्दा सर्वोच्च अदालतमा ‘हेर्दाहेर्दै’मा परेको छ।

सर्वोच्चका न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ पूरा नहुँदा मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको हो।

रविका तर्फबाट वरिष्ठ अधिवक्ता सुशिल पन्त, रमण श्रेष्ठ, सुरेन्द्र थापा, मेघराज पोखेरेल, बद्रि राउत, केदार दाहाल, डा. नारायणदत्त कंडेल, दिपेन्द्र झा, सुदिग्य पन्त र विवेक राउतले बहस गरेका थिए।

रविका तर्फबाट १० जना वकिलले बहस गरेपछि मंगलबार (आज)को बहस टुंगिएको छ भने छविलालका वकिल र सरकारी पक्षको बहस अझै बाँकी रहेको छ।

सुनुवाइ जारी रहँदा उक्त रिटलाई आजका लागि पनि ‘हेर्दाहेर्दै’मा राखिएको सर्वोच्च प्रशासनले जनाएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}