रबिको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाइ जारी, केही बेरमा आदेश आउन सक्ने
काठमाडौं, ६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण सम्बन्धी रिटमाथि सुनुवाइ जारी रहेको छ ।
मंगलबार सर्वोच्च अदालतमा न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा उक्त रिटमाथि सुनुवाइ भइरहेको हो । सम्भवतः आजै आदेश आउने जनाइएको छ ।
लामिछानेका तर्फबाट उनकी पत्नी निकिता पौडेलले गत ७ वैशाखमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेकी थिइन् । यसअघि पटक–पटक पेसी तोकिए पनि रिट ‘हेर्न नमिल्ने’ मा पर्दै आएको थियो ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत चैत २२ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध लामिछानेले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । हाल लामिछाने रुपन्देही कारागारमा छन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.