उधोग मन्त्रीले भण्डारीले भने, ‘अब कालोपत्रे होइन, सडकलाई सेतो पत्रे गरौँ’
काठमाडौं, ५ जेठ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले वातावरण मैत्री विकास निर्माणको आवश्यकतामा जोड दिएका छन् ।
‘कालोपत्रे होइन सेतो पत्रे गरौँ’ भन्ने नाराका साथ नेपाल सिमेन्ट उत्पादक संघद्वारा काठमाडौंमा आयोजित “सिमेन्ट कन्क्लेभ” कार्यक्रममा बोल्दै उनले सडक निर्माणमा सिमेन्टको प्रयोग बढाउनु पर्ने बताए ।
मन्त्री भण्डारीले नेपालको कच्चा पदार्थमा आधारित विकास निर्माण गर्नुपर्नेमा जोड दिए । “आज हामी सिमेन्टमा आत्मनिर्भर भएका छौँ, बालुवा, गिट्टी हाम्रै वरीपरि उपलब्ध छ, यसको प्रयोग बढाउनु पर्छ, स्वदेशमै रहेका सामग्रीबाट विकास निर्माणका कामहरू गर्न सक्छौँ र यो अभ्यास बढाउनु पर्छ,’ उनले भने, ‘हामीले विकास निर्माणलाई दिगो, भरपर्दो र वातावरणमैत्री बनाउनु जरुरी छ । यसमा भएका कानुनी समस्याहरू समाधान गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकातर्फबाट आवश्यक भूमिका निर्वाह गर्न तयार छु।’ विकसित मुलुकहरूले कालोपत्रे सडक विस्थापित गर्दै सेतो पत्रेमा जोड दिएको हुँदा नेपालले उक्त अभ्यास बढाउनुपर्ने मन्त्री भण्डारीको भनाई छ ।
उनले उद्योग सञ्चालकहरूले पनि वातावरणीय प्रभावको ख्याल गर्नुपर्ने बताए । उनले अहिले कतिपय विकास निर्माणका कार्य अपरिपक्व रहेको भन्दै विकास निर्माणलाई दिगो र भरपर्दो बनाउनुपर्ने बताए । “अहिले पहाडका केही सडकहरू एकातिर निर्माण भइरहने अर्कोतिर भत्कँदै जाने अवस्था छ, कालोपत्रे भएका सडक एक दुई वर्षमै भत्किएका पनि छन् तर सिमेन्ट र छडको प्रयोग गरेर सडकहरू निर्माण भएमा कम्तीमा पनि १० वर्ष टिक्न सक्ला, त्यसैले सेतो पत्रेमा जोड दिनु आवश्यक छ । यसमा सरकार र व्यवसायीका तर्फबाट भूमिका आवश्यक छ।’
मन्त्री भण्डारीले आयात र निर्यातको सन्तुलन बढाउनु पर्नेमा पनि जोड दिए । बाह्य उत्पादन नेपाल भित्रिए जसरी नै नेपाली उत्पादनहरू अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नका लागि उत्पादन र उत्पादकत्व बढाउनु पर्नेसमेत जोड दिए ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.