२० लाखभन्दा बढी रकमसहित हुण्डी कारोबारी पक्राउ

आइतबार, ४ जेठ २०८२, ६:१० PM
post-image

काठमाडौं, ४ जेठ । काठमाडौं-२४ जुद्धसालिकबाट प्रहरीले २० लाख रुपैयाँभन्दा बढी रकमसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२४ का सञ्जय बस्नेत रहेका छन्।  उनलाई आइतबार दिउँसो पौने २ बजे पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले बताए। 

उनको साथबाट २० लाख २९ हजार ६२० रुपैयाँ स्रोत नखुलेको रकम बरामद भएको उनले बताए। 

स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने भएकाले बरामद गरी अनुसन्धान थालिएको बोहरा बताउँछन्। बस्नेत काठमाडौं-३२ पेप्सीकोला बस्दै आएका थिए।
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}