राप्रपा प्रवक्ताको प्रश्नः रबिन्द्र थुनिने, प्रकाशमानकी दिदि पक्राउसमेत नपर्ने, किन ?

शुक्रबार, २६ बैशाख २०८२, १२:२६ PM
post-image

काठमाडौं, २५ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले उपप्रधान तथा सहरी बिकास मन्त्री प्रकाशमान सिंहकी दिदीलाई पक्राउ नगरेकोमा आपत्ति जनाएका छन् ।

तीनकुने घटनामा राप्रपाका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रलाई मुद्दा नचलाई ४३ दिनसम्म थुनेको तर मुद्दा चलाइएको उप प्रधानमन्त्री श्रेष्ठकी दिदी रिता सिंहलाई भने प्रकाउसमेत नगरे पछि उनले आक्रोश ब्यक्त गरेका हुन् ।

‘उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको काठमाण्डौं(१ का चुनावी प्रतिस्पर्धी राप्रपा वरिष्ठ उपाध्यक्ष रबीन्द्न मिश्र ४३ दिनदेखि नाजायज रुपमा प्रहरी हिरासतमा हुनुहुन्छ, उता सिंहकी दिदी रिता सिंह वैद्यविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ,’ उनले प्रश्न गरे, ‘बाल संगठनको जग्गा भाडामा अनियमिताको आरोपमा वैद्यलाई विशेष अदालतमा मुद्दा चलाइएको छ। तर वैद्यलाई पक्राउसम्म गरिएको छैन ।’

मिश्र पक्राउ पर्ने तर मुद्दा लागेकी थापा भने फुक्कावाल भएर हिडने भए पछि प्रवक्ता श्रेष्ठले आक्रोश ब्यक्त गरेका हुन् । ‘फरार अभियुक्तका रुपमा उनीविरुद्ध मुद्दा चलाइएको हो, कतिसम्म भने उपप्रधानमन्त्री सिंहको दिदी भएकै कारण प्रहरीले उनलाई पक्राउ गर्न त कता हो कता बयानसम्म लिन बोलाएन, जबकी वैद्यमाथि लागेको आरोप झन् गम्भीर छ,’ उनले भने ।

उनी अगाडी भन्छन, ‘जगजाहेर छ, मिश्रमाथि सत्ता र व्यवस्थाद्वारा प्रतिशोध साँधिएकै हो, प्रतिशोधको राजनीतिले कोही कसैको हित गर्दैन। इमान भएको बलियो सरकार बनेको दिन यदि यस्तै प्रतिशोध राख्ने हो भने ०४६ पछिका र ०६३ पछिका कुन दलका कुन नेता चोखा रहलान् ? कुन संस्थाका कुन अगुवा जोगिएलान् ? न्याय सबैलाई बराबर होस् ।’

उनले मिश्रलाई थुनेर मिश्रले बोकेको विचार थुन्न नसकिने भन्दै बिना शर्त रिहा गर्न माग गरेका छन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}