४० लाख नगदसहित बिशालबजारवाट २ हुन्डी कारोबारी पक्राउ
काठमाडौं, २४ बैशाख। प्रहरीको विशेष निगरानीका क्रममा काठमाडौंबाट स्रोत नखुलेको ठूलो रकमसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको कोलकातास्थित यादवपुरका ६७ वर्षीय सुरज दत्त र रुपन्देहीको देवदह नगरपालिका निवासी ६३ वर्षीय धर्मप्रसाद ढकाल रहेका छन्। ढकाल हाल चन्द्रागिरि नगरपालिका-१५ तीनथानामा बसोबास गर्दै आएका थिए।
उनीहरूलाई मंगलबार साँझ काठमाडौं महानगरपालिका-२४ स्थित विशाल बजार कम्पनी लिमिटेडको भुइँ तलाबाट नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार उनीहरूका साथबाट ४० लाख ३२ हजार ५०० रुपैयाँ बरामद गरिएको छ।
प्रहरीले हुन्डी कारोबारका लागि उक्त रकम प्रयोग भइरहेको सूचना पाएपछि कारबाही थालेको जनाएको छ। उनीहरूको साथबाट दुई थान मोबाइल, विभिन्न बचत तथा ऋण सहकारी संस्थाको हस्ताक्षर मात्र गरिएको २ थान खाली चेक, १९ थान अन्य चेक र ११ थान पासबुक पनि बरामद गरिएको छ।
प्रहरीका अनुसार हुन्डी एक गैरकानुनी प्रणाली हो जसले बैंक तथा वित्तीय संस्थाको औपचारिक प्रक्रिया उल्लंघन गर्छ। यो माध्यमबाट अन्तरदेशीय रुपमा अवैध रुपमा रकम स्थानान्तरण गरिने गरिन्छ। विशेषगरी नेपाल–भारत सीमावर्ती क्षेत्रमा यस्ता गतिविधि बढेका छन्।
स्रोत अनुसार रेमिट्यान्स हुन्डी कारोबारको मुख्य स्रोत मानिन्छ। यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई राष्ट्र बैंकको वित्तीय ऐन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन अन्तर्गत अनुसन्धान हुने बताइएको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.