बार्ता नगरी शिक्षक माथी सरकारले बल प्रयाेग गरेकाे भन्दै शेखर आक्रोशित

आइतबार, १४ बैशाख २०८२, ६:५७ PM
post-image

काठमाडौं, १६ बैशाख । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले शिक्षकका माग सम्बोधन गर्न अनुरोध गरेका छन् ।

शिक्षा ऐन ल्याउनुपर्ने माग सहित शिक्षकहरु सडक आन्दोलनमा उत्रेको झण्डै एक महिना भएको उल्लेख गर्दै उनले शिक्षकहरूसँग बार्ता गरी समस्या समाधान गर्न मागसमेत गरेका छन् ।

‘पठन पाठन र सरकारी भर्ना अभियान ठप्प छ, कक्षा १२ को परीक्षा समेत सरेको छ, यस्तो अवस्थामा शिक्षकहरुसँग वार्ता गरी समस्या समाधान गर्नुपर्नेमा सडकमै उनीहरुमाथि प्रहरी वल प्रयोग गर्नु र पालिका लगाएर शिक्षकहरुलाई धम्क्याउनु सरकारको कुसाशनको अर्को उदाहरण हो,’ कोइरालाले भने, ‘अब धेरै ढिला भयो, एक दुई दिन मै समस्या समाधान गरी पठन पाठन सुचारु गर्न सरकारको ध्यानाकर्षण गराउँछु।’

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}