कांग्रेस सांसद माया राई तीन दिनसम्म थुनामा रहने
काठमाडौं, १४ बैशाख । नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राई तीन दिनसम्म थुनामा रहने भएकी छिन् ।
सहकारी हिनामिनाको अभियोगमा हिजो कपनवाट पक्राउ परेकी सांसद राईलाई ३ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको हो।
स्वर्णलक्ष्मी सहकारी ठगी तथा संगठित अपराध मुद्दामा मुछिएकी उनलाई गएराति प्रहरीले कपनस्थित निवासबाट पक्राउ गरेको थियो । उनी पक्राउ परेको जानकारी प्रहरीले सभामुख देवराज घिमिरेलाई लिखित पत्रमार्फत जानकारी गराईसकेको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.