धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आइतबार, १४ बैशाख २०८२, १:२ PM
post-image

काठमाडौं, १४ बैशाख । राप्रपाका महामन्त्री धवलशमशेर राणा आज स्वदेश फर्कदैछन् ।

क्यान्सरले ग्रस्त राणा दिल्लीमा थप उपचार गरी आज स्वदेश फर्किन लागेका हुन् ।

‘आज म स्वदेश फर्कदैछु, भोली हुने आन्दोलनमा सहभागी हुनेछु’ उनले भनेका छन् ।

भोली  साेमवार कमल थापा नेतृत्वको राप्रपा नेपालले राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलगायतको ६४ जनाको रिहाइको माग गर्दै प्रदर्शन गर्दैछ, जुन प्रदर्शनमा राप्रपाका महामन्त्री राणा पनि सहभागी हुनेछन् ।

तर, राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले थापा नेतृत्वको प्रदर्शनका बारेमा कुनै प्रतिक्रिया नदिए पनि नवराज सुबेदी नेतृत्वको संयुक्त जनआन्दोलन संघर्ष समितिले भने समर्थन जनाएको छ।
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}