माइतीघर देखी बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी
काठमाडौं, ७ बैशाख । माइतीघर देखी नयाँ बानेश्वरसम्म तीनवटा समुहका प्रदर्शन र धर्ना जारी रहेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वमा बानेश्वरमा, शिक्षक महासंघको नेतृत्वमा बिजुलीबजार पुल केन्द्रित र नेपाल पिछडावर्ग (ओबिसी)को नेतृत्वमा माइतीघर मण्डलमा प्रदर्शन र धर्ना जारी रहेको हो ।
जसअनुसार माइतीघरमा ‘उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति’ सञ्चालन गर्नुपर्ने माग गर्दै दलित समुदायले माइतीघर मण्डला, परिसरको सडकमा धर्ना दिएका छन्।
नेपाल पिछडावर्ग (ओबिसी) महासंघको नेतृत्वमा दलित समुदायका अगुवाहरुले ‘पिछडिएको समुदाय (ओवीसी) उत्थान विकास समिति’ र ‘वादी समुदाय उत्थान विकास समिति’लाई यथाशीघ्र सञ्चालन गर्नुपर्ने माग गर्दै धर्ना दिएका हुन् ।
शिक्षकहरू भने बिहान ९ बजे देखी नै बिजुली बजारमा केन्द्रित आन्दोलन जारी राखेका छन् । बिगतमा १२ः०० देखी ३ः०० बजेसम्म आन्दोलन गर्दै आएका शिक्षकहरूले आज भने कार्यालय समयलाई अबरोध हुने गरी बिहान ९ः०० बजे देखी नै आन्दोलन सुरू गरेका हुन् । उनीहरू बिगत झन्डै ३ हप्ता देखी आन्दोलनमा रहेका छन् ।
उता, राप्रपा भने निषेधित क्षेत्र तोडने भन्दै नयाँ बानेश्वरमा केन्द्रित भएका छन् । आफ्ना पार्टी नेता बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालगायतको रिहाइको थप माग राखेर उनी बानेश्वरमा केन्द्रित भएका हुन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.