इसेवा खल्ती ह्याक गरी १ करोड झ्वाम पार्ने २२ वर्षीय युवक पक्राउ
काठमाडौँ । एटी अलर्टको नामबाट फिशिङ लिङ्क पठाएर डिजिटल वालेट ह्याक गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुर घर भई हाल काठमाडौँ अनामनगर बस्ने २२ वर्षीय राहुल बुढा रहेको पाइएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई मंगलबार कालिमाटीबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार बुढाले ‘द अलर्ट’ र ‘एटी अलर्ट’ जस्ता नाम प्रयोग गरी मानिसहरूलाई उनीहरूको खाता बन्द हुन लागेको भन्दै झुक्याएर फिशिङ लिङ्क पठाउने गरेका थिए। ती लिङ्कहरूमा क्लिक गरेर आफ्नो व्यक्तिगत विवरण भरेपछि, प्रयोगकर्ताहरूको वालेटको पहुँच उनले पाउँथे। त्यसपछि उनले ती वालेटहरूमा भएको पैसा ‘पशुपति ग्लोबल इनोभेसन प्रालि’ नामक मर्चेन्ट खातामा ट्रान्सफर गर्थे।
प्रहरीले जनाए अनुसार, बुढाले यसरी ४ हजार भन्दा बढी इसेवा प्रयोगकर्ताहरूबाट १ करोड २ लाख रुपैयाँ भन्दा बढी चोरेका छन्। उनीमाथि ठगी मुद्दामा थप अनुसन्धान भइरहेको छ र उनलाई जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।
हालैका दिनहरूमा ‘एटी अलर्ट’ र ‘द अलर्ट’ जस्ता नामबाट फिशिङ लिङ्कहरू आइरहेको भन्दै डिजिटल वालेट कम्पनीहरूले आफ्ना प्रयोगकर्ताहरूलाई सतर्क रहन आग्रह गरेका थिए। साइबर ब्यूरोले पनि अज्ञात नम्बरबाट एसएमएसमा आउने शंकास्पद लिङ्कहरूमा क्लिक नगर्न सबैलाई अनुरोध गरेको थियो।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.