कार्यक्रम स्थलको फोहोर आफै सफा गरेकोमा मेयर बालेनले दिए राप्रपालाई धन्यवाद

मंगलबार, २६ चैत २०८१, ५:४ PM
post-image

काठमाडौं, २६ चैत । बल्खुमा मंगलबार कार्यक्रम सम्पन्न गरेपछि स्थल सफा गरेकोमा काठमाडौं महानगरका मेयर बालेन शाहले राप्रपालाई धन्यवाद दिएका छन्।

मेयर शाहले फेसबुकमा लेख्दै भने, "कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुदैन । सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ ।राप्रपाले आजको कार्यक्रममा आफै सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ ।"

यसअघि राप्रपाले कार्यक्रमपछि फोहोरका कारण एक लाख रुपैयाँ जरिवाना तिरेको थियो। योपटक अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं महानगरपालिकालाई कार्यक्रम क्षेत्रको फोहोर राप्रपा आफैले सफा गर्ने भन्दै पत्र नकाट्न आग्रह गरेका थिए।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}