भाटभटेनी लुटपाटमा संलग्न ९ जना पक्राउ, ब्ल्याक लेबल र यार्सागुम्बा ह्विस्कीदेखि लिपिस्टिक गाजल बरामद

आइतबार, १७ चैत २०८१, ६:४० PM
post-image

काठमाडौं, चैत्र १७ – काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशेष अनुसन्धानपछि उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा धनुषा मिथिला नगरपालिका-६ ढल्केवरका आशिष सिंह, सर्लाही बरथहवा नगरपालिका-१६ का प्रेम कुमार महत्तो, भारत बिहार पटना हाजिपुरका रवि रञ्जन कुमार, नुवाकोट विदुर नगरपालिका-६ की सुशिला कुमाल, सुनसरी धरानकी एलिसा राई, कोटेश्वर नरेफाँटकी बालकुमारी कार्की, सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका-८ की निर्मला कार्की, सिन्धुली तीनपाटनकी चित्र माया बस्नेत, सिन्धुली तीनपाटनकी सुस्मिता बराल रहेका छन्।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट चोरी भएका विभिन्न सामग्री बरामद गरेको छ। आशिष सिंहको साथबाट ब्ल्याक लेबल १ बोतल, ज्याक डेनियल्स २ बोतल फेला परेको छ भने, प्रेम कुमार महत्तोको साथबाट ४ थान खाली बियरका बोतल बरामद गरिएको छ। त्यस्तै, रवि रञ्जन कुमारको साथबाट यार्सागुम्बा ब्राण्डको मदिरा फेला परेको छ। अन्य पक्राउ परेकाहरूको साथबाट हाफपाइन्ट, टाउजर, टि-शर्ट, फलफूल, लिपिस्टिक, गाजल लगायतका सामग्री बरामद गरिएको छ।

प्रहरीले संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको जनाएको छ। लुटपाटमा संलग्नहरूलाई कानुनी कारबाही अगाडि बढाइने प्रहरीले स्पष्ट पारेको छ।

यसैबीच, प्रहरीले लुटपाट घटनाका सीसीटीभी फुटेज संकलन गर्दै थप अनुसन्धान गरिरहेको छ। सुरक्षा निकायले उपत्यकाभित्र यस्ता घटनाहरू दोहोरिन नदिन कडाइ गर्ने बताएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}