राजावादी प्रदर्शनमा घाइते भएका एक युवकको मृत्यु
शुक्रबार तीनकुनेमा राजावादीहरूको प्रदर्शनले उग्र रूप लिएपछि प्रहरीले चलाएको गोली लागेर एक जना प्रदर्शनकारीको ज्यान गएको छ।
गृह मन्त्रालयले जनाए अनुसार कीर्तिपुर-४ निवासी २९ वर्षीय सविन महर्जनको उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइएलगत्तै मृत्यु भएको थियो।
उनको छातीमा गोली लागेको र अस्पताल आइपुग्दा नै मृत्यु भइसकेको बताए। उनको शव पोस्टमार्टमका लागि शिक्षण अस्पतालको फरेन्सिक विभागमा राखिएको छ। यसअघि प्रदर्शनकारीहरूले तीनकुने क्षेत्रमा निजी घर, सरकारी गाडी, मिडिया र राजनीतिक दलका कार्यालयहरूमा समेत आक्रमण तथा आगजनी गरेका थिए।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.