प्रहरीद्वारा तीनकुनेमा प्रहार गरिएको अश्रु ग्यास म्याद गुज्रिएको
काठमाडौं, चैत्र १५ - राजवादीहरूको प्रदर्शनलाई तितरबितर पार्न प्रहरीले काठमाडौंको तीनकुने क्षेत्रमा प्रहार गरेको अश्रु ग्यास म्याद गुज्रिएको पाइएको छ। प्रदर्शनकारीहरूले तीनकुनेबाट निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि तनावको स्थिति सिर्जना भएको थियो। सो क्रममा प्रहरीले हवाई फायर गर्नुका साथै अश्रु ग्यास प्रहार गरेको थियो।
प्रदर्शनकारीहरू निषेधित क्षेत्रतर्फ अघि बढ्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो। त्यसक्रममा प्रयोग गरिएको केही अश्रु ग्यासका खोलहरू जाँच गर्दा म्याद गुज्रिएको भेटिएको छ। प्रयोग गरिएको केही अश्रु ग्यासकाको म्याद तीन वर्षअघि नै सकिएको भेटिएको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.