एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु: बालेन
काठमाडौं महानगरपालिकाका मेयरले बालेन शाहले सामाजिक सञ्जालमा दिएको चेतावनीपूर्ण अभिव्यक्तिले सनसनी मच्चाएको छ। उनले महानगरपालिकाका सरसफाई कर्मचारीहरूले विगत तीन महिनादेखि तलब नपाएको र यसमा सरकारको दम्भ कारक रहेको आरोप लगाएका छन्।
मेयरले आफ्नो फेसबुक पेजमा लेखेका छन्, "काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले! को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु! त्यो पछी हेरौँला तिमी हरुको के के तन्त्र हो!!"
प्रमुख प्रशासकीय अधिकृतलाई लिएर महानगर र सरकारबीच मनमुटाव चल्दै आएको थियो। दुवैले काठमाडौंले प्रशासकीय अधिकृत नपाउनुमा एक अर्कालाई दोष दिँदै आएका थिए।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.