कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णय
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदमुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाउने निर्णय गरेको हो ।
२०७८ साउन २५ गते बसेको मन्त्रिपरिषद् बैठकमार्फत घिसिङलाई दोस्रो कार्यकालका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो। चार वर्षे कार्यकाल उनका लागि आगामी साउन २४ गतेसम्म रहने तय भए तापनि, अवधि नसकिँदै सरकारबाट उनलाई हटाइएको हो।
डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी विषयले घिसिङलाई विवादमा ल्याएको थियो। उद्योगहरूको विद्युत् लाइन काट्ने विषयलाई लिएर घिसिङ र सरकारबीच मतभेद देखिँदै आएको थियो। यसअघि, नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल नतिरेको भन्दै केही उद्योगहरूको लाइन काटेको थियो। तर, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि ती उद्योगीहरूको लाइन पुनः जडान गर्ने निर्णय गरिएको थियो।
हामीले नहटाऊ भन्दा पनि ओलीले कुलमानलाई हटाइ छाडे: गगन थापा
कुलमान हटाइएको विषयलाई लिएर गगन थापाले मुख खोलेका छन्।
घिसिङलाई प्राधिकरणबाट हटाउने निर्णय आपत्तिजनक : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको प्रमुखबाट हटाएको निर्णयको विरोध गरेका छन्।
एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु: बालेन
काठमाडौं महानगरपालिकाका मेयरले सामाजिक सञ्जालमा दिएको चेतावनीपूर्ण अभिव्यक्तिले सनसनी मच्चाएको छ।
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त
११ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नयाँ कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन्।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.