स्ववियु निर्वाचन परिणामले माओवादी उत्साहित, प्रचण्ड भन्छन, ‘सत्ता गठबन्धनलाइ पनि हरायौं’
काठमाडौं, ७ चैत । स्वतन्त्र बिधार्थी युनियनको निर्वाचनले नेकपा माओवादी केन्द्र उत्साहित भएको छ।
नेपाली कांग्रेस निकट नेपाल बिधार्थी संघ र नेकपा एमाले निकट अनेरास्वियुको हाराहारीमा मत परिणाम आए पछि माओवादी केन्द्र उत्साहित भएको हो ।
‘भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हाम्रो पार्टी निकट अखिल (क्रान्तिकारी) को पक्षमा देखिएको लहर निकै उत्साहप्रद छ,’ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने, ‘कयौं क्याम्पसमा सत्ता गठबन्धनलाई समेत पराजित गर्दै देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका बिरुद्धको हाम्रो अभियानमा आजका सचेत एवं बौद्धिक युवा वर्ग साथमा रहेको थप पुष्टि भएको छ।’ अध्यक्ष प्रचण्डले विजयी सबै विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.