पूर्वराजा ज्ञानेन्द्रको त्रिभुवन विमानस्थलमा भव्य स्वागत
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आइपुगेका छन् । ज्ञानेन्द्र केहीबेर अघि त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन् ।
उनलाई पोखरमा राजावादीहरुले बिदाइ गरेका थिए । पोखरामा पञ्चेबाजासहित ज्ञानेन्द्रलाई बिदाई गरिएको थियो ।
काठमाडौंमा पूर्वराजालाई भव्य स्वागत गरिएको छ । त्रिभुवन विमानस्थल अगाडि समर्थकहरू जम्मा भएका छन् । उनलाई राप्रपा, राप्रपा नेपाललगायत दलका कार्यकर्ता र राजतन्त्र समर्थकहरुले भव्य स्वागत गरेका हुन् ।
अहिले त्रिभुवन विमानस्थलबाहिर ठूलो संख्यामा भीड जम्मा भएको छ भने शाहलाई निर्मल निवास पुर्याउन र्याली आयोजना गरिएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.