डा. स्वर्णिम वाग्लेले संसदमा परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै रामहरि खतिवडाको नियमापत्ति

सोमबार, १२ फाल्गुण २०८१, ४:२२ PM
post-image

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भारतको ओडिशास्थित केआआटी कलेजमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा संसद्मा बोल्ने क्रममा रास्वपाका उपसभापतिसमेत रहेका सांसद डा स्वर्णिम वाग्लेले परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै आपत्ति जनाएका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै खतिवडाले रास्वपा सांसद वाग्लेले गम फागुन ८ गते बसेको बैठकमा परिवारका सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै उक्त अभिव्यक्ति संसल्को रेकर्डबाट हटाउन माग गरेका हुन् ।

उनले भने- ‘प्रकृतिको दु:खद निधन भयो । संसद्मा कुरा उठ्यो । हामी सबैले उहाँ बहिनीप्रति श्रद्धाञ्जली अर्पण गर्यौ । ८ गते बसेको बैठकमा माननीय स्वर्णिय वाग्लेले परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिनुभयो । उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गर्दछु ।'

सांसद खतिवडाको उक्त मागप्रति सभामुख देवराज घिमिरेले ध्यानाकर्षण भएको जनाउँदै संसद् सचिवालयका कर्मचारीलाई अध्ययन गर्न र त्यस्तो भएमा सच्याउन निर्देशन दिएका छन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}