पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती
काठमाडौं, ११ फागुन । कांग्रेस सांसद ईश्वरी न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सत्तामा फर्किने मन भए चुनावमा लडेर आउन चुनौती दिएकी छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा आकस्मिक समयमा बोल्दै उनले चुनाव लडेर संसदमा आउन चुनौती दिएकी हुन् ।
‘सत्तामा नै यदि फर्किने चाहना छ भने टिका लगाएर या कसैको कृपाले होइन, नागरिकले पाउने सुविधाको उपयोग गर्दै २०८४ सालको निर्वाचनमा भाग लिने हिम्मत गर्नुस्,’ उनले भनिन् । पूर्वराजाका समर्थकलाई पनि यही बाटो अवलम्बन गर्न उनले सुझाव दिइन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.