फरार १५ प्रतिवादी संगै लाखौंको सामान सहित भारतीय पक्राउ
रौतहट ९ फागुन। जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका निकायले १५ जना फरार प्रतिवादीसँगै लाखौंको भन्सार छलीको सामान सहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएको लामो समय देखि विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी लाई प्रहरीले पक्राउ गरेको हो।
किर्ते जालसाजी, कुटपिट, खोटा मुद्रा, चेक अनादर र गाली बेईजती मुद्दामा दोषी ठहर भई दण्ड सजाय तोकिएर फरार रहेका शेख समिम भन्ने समीम असगर, शेख नेपाली भन्ने सहिम असगर, फहिम असगर, विहारी लाल साह कानु, दशै माझी, जोखु माझी, बाबुलाल माझी, राकेश कुमार साह, गुल्जहान खातुन, हरीता खातुन, नुरजहान खातुन, दिपेन्द्र श्रेष्ठ, हरेन्द्र राय यादव, शैख जमालुदिन र संजय प्रसाद पटेललाई जिल्लाको बिभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायले न्यूज कारखानालाई बताएका छन्।
पक्राउ सबै प्रतिवादीहरूलाई आवश्यक कारबाहीको लागि रौतहट जिल्ला अदालतमा पठाइएको उनले जानकारी दिएका छन्।
उता, प्रहरीले चेकजाँचको क्रममा लाखौं मूल्य बराबरको भन्सार छलीको सामान र मोटरसाईकलसहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
कुल ३ लाख ८५ हजार ९३५ मूल्य बराबरको अबैध कपडा, किराना, सौंफी मदिरा, २ थान भारतीय नम्बरको मोटरसाईकलसहित भारत बिहार जिल्ला सीतामढी बैरगनिया १६ का २२ बर्षीय अभिजीत कुमारलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटले चेकजाँचको क्रममा भन्सार छलीका सामान सहित पक्राउ गरेका भारतीय नागरिक लाई आवश्यक कारवाहीको लागि बिहीवार साँझ जिल्ला भन्सार कार्यालय गौरमा सामान सहित बुझाईएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायद्वारा जारी सूचनामा उल्लेख गरिएको छ
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.