भीम रावलको पक्षमा लागेको भन्दै अछामका ६ जना एमालेवाट निष्काषित
काठमाडौं, १० माघ ।भीम रावलको मातृभूमि जागरण अभियानलाई साथ दिएको भन्दै नेकपा एमाले अछामले ६ जनालाई जिम्मेवारीमुक्त गरेको छ।
जिल्ला अध्यक्ष चन्द्र बोहरा र सचिव भीमबहादुर रावलले विज्ञप्ति जारी गरी पार्टीको विधानविपरीत विभिन्न गतिविधिमा संलग्न भएको भन्दै ६ जनालाई जिम्मेवारीबाट हटाएको जानकारी दिए ।
जसअनुसार जिल्ला कमिटी सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख प्रकाश शाह, जिल्ला कमिटी सचिवालय सदस्य सागरसिंह बाब्ली, जिल्ला कमिटी सदस्य बलबहादुर कुवँर, शंकर भुल, रतन रावल र साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवरलाई जिम्मेवारीबाट हटाइएको विज्ञप्तिमार्फत जानकारी दिइएको छ।

Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.